मछिन्द्रलाई हराउँदै जाउलाखेल आहा! राराको क्वाटरफाइनलमा प्रवेश
पाेखरा | माघ ११, २०८०
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब अन्तिम आठमा प्रवेश गरेको छ ।
पोखरा रङगशालामा आज (बिहीबार) भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जाउलाखेल क्वाटरफाइनलमा पुगेको हो ।
जाउलाखेलको जीतमा हिसुब थपलियाले पहिलो हाफको ३८ औं मिनेटमा गोल गरे । सोही गाेल नै निर्णायक बन्दै थपलिया म्यान अफ द म्याच घोषित भए ।
अब जाउलाखेलले आगामी १५ गते मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

